श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

  २०७८ मंसिर १५ गते १०:४०     विकासन्युज

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको लाभांश घोषणा भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस र ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

प्रस्तावित ११ प्रतिशत लाभांश अघिल्लो वर्षको तुलनामा बढी हो । संस्थाले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.