हिमालयन बैंककाे नयाँ शाखा टिकापुर नगरपालिकामा

  २०७८ मंसिर १४ गते १६:५८     विकासन्युज

काठमाडाैं । हिमालयन बैंकले कैलाली जिल्लास्थित टीकापुर नगरपालिकाकाे जमरापारीमा शाखा सञ्चालनमा ल्याएको छ । मंगलबारबाट संचालनमा आएकाे उक्त शाखाबाट सम्पुर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराइने बैंकले जनाएकाे छ ।

बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सूदुर पश्चिम प्रदेशको सातौं शाखा हो । टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक देव अग्रवालले बताए ।

यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७३, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएमसंख्या १४६ र ५००० भन्दा बढी पिओएस टर्मिनलस संख्या पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.