सिद्धार्थ बैंकका ग्राहकलाई स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा २५ प्रतिशत छुट

  २०७८ मंसिर १४ गते १६:०३     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक र विरगञ्जको बहुअरीस्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पतालबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट विरगञ्ज शाखा प्रबन्धक बाबुराम न्यौपाने तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक निमेश पल रमनले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैकिङ्ग प्रयोग गरी भुक्तानी गरे बापत विभिन्न सेवा शुल्कमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.