मंगलबार ९२ करोडले घट्यो सेयर कारोबार, सबैभन्दा बढी आईसीएफसीको

  २०७८ मंसिर १४ गते १५:३२     विकासन्युज

काठमाडौं । केही दिनयता सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै निरन्तर घटिरहेको छ । मंगलबारको बजारमा पनि परिसूचक सामान्य अंकले घटेको छ भने कारोबार रकम ९२ करोड रुपैयाँले घट्न पुगेको छ ।

बजारमा परिसूचक १.६४ अंकले घटेर २६२८.३७ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०६ प्रतिशतले घटी हो ।

मंगलबार २२५ स्क्रिप्टको ३ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन सोमबारको तुलनामा ९२ करोड रुपैयाँले घटी हो । सोमबारको बजारमा ४ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

जसमध्ये आईसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । संस्थाको १६ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, महालक्ष्मी विकास बैंक र हिमालयन डिष्टिलरीको १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । जसमध्य महालक्ष्मीको १३ करोड ९९ लाख र हिमालयन डिष्टिलरीको १० करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आईसीएफसी र महालक्ष्मी विकास बैंक दुबैको कारोबार रकमसँगै सेयर मूल्य पनि बढेको छ । जसमध्ये आईसीएफसीको ६.१० प्रतिशतले बढेर प्रतिकित्ता ८९० रुपैयाँ र महालक्ष्मीको ५.२८ प्रतिशतले बढेर प्रतिकित्ता ६५० रुपैयाँ पुगेको छ ।

मंगलबार इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी अर्थात ४.७७ प्रतिशतले सेयर मूल्य घटेको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १६१६ रुपैयाँमा झरेको छ । बजारमा केही समूह हरिया देखिएका छन् भने केही राताम्मे देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.