समीट लघुवित्तले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने

  २०७८ मंसिर १४ गते १०:४५     विकासन्युज

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५.२८५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । संस्थाले नगद लाभांश प्रस्ताव भने गरेको छैन । हालै सजिलो लघुवित्त र समीट लघुवित्त वित्तीय संस्था मर्ज भई गत २०७७ असोज ६ गतेदेखि एकीकृत कारोबार शुरु भएकोले उक्त प्रस्तावित लाभांशमा लाग्ने लाभांश करको व्यवस्था नगरिएको संस्थाले जानकारी गराएको छ ।

हाल संस्थाको चुक्ता पुँजी ३९ करोड ४३ लाख रुपैयाँ छ । प्रस्तावित बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी ४९ करोड रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.