२५ प्रतिशतले घट्यो राष्ट्र बैंकको आम्दानी, ३२ अर्बमै सीमित

  २०७८ मंसिर १३ गते १७:३३     विकासन्युज

काठमाडौं । नपाल राष्ट्र बैंकको आम्दानीमा २४.९६ प्रतिशतको ह्रास देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका अनुसार राष्ट्र बैंकको आम्दानीमा सो ह्रास देखिएको हो ।

२०७७ साउन १ गतेदेखि २०७८ असार ३१ गतेसम्मको आय विवरण अनुसार आर्थिक वर्ष २०७७÷७८ मा नेपाल राष्ट्र बैंकको जम्मा खुद संचालन आम्दानी अघिल्लो वर्षको तुलनामा २४.९६ प्रतिशतले ह्रास आई २४ अर्ब ७३ करोड ७ लाख २७ हजार रुपैयाँ कायम भएको छ ।
आर्थिक वर्ष २०७७÷७८ को खुद संचालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ८८.२३ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ७.७ प्रतिशत र अन्य संचालन आम्दानीको अंश ४.०७ प्रतिशत रहेको छ ।

खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा २६.३७ प्रतिशतले ह्रास आई २१ अर्ब ८२ करोड ६ हजार रुपैयाँ कायम भएको छ भने विदेशी विनिमय खरिदबिक्रीबाट हुने आम्दानी ११.११ प्रतिशतले वृद्धि भई १ अर्ब ९० करोड ३८ लाख ४० हजार रुपैयाँ कायम भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, अन्य आम्दानीमा ३५.५१ प्रतिशतले ह्रास आई ९३ करोड ६९ लाख ८६ हजार रुपैयाँ कायम भएको छ भने शुल्क तथा कमिसनतर्पm अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा १०५.७१ प्रतिशतले खुद आम्दानीमा कमी आई रु. ८२ लाख ९८ हजार खुद नोक्सानी कायम भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ/हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ३१.३९ प्रतिशतले ह्रास आई रु. १९ अर्ब ३५ करोड ६४ लाख ७० हजार कायम भएकोछ ।  यस्तो खुद आय आर्थिक वर्ष २०७६/७७ मा २८ अर्ब २१ करोड १३ लाख ७७ हजार रहेको थियो ।

समीक्षा वर्षको विदेशी विनिमय पुनर्मूल्याङ्कन लाभ रु. ८ अर्ब १९ करोड २२ लाख ११ हजार र सुन तथा चाँदी पुनर्मूल्याङ्कन लाभ रु. ३ अर्ब ६९ लाख २८ हजार समायोजन पश्चात्खुद आय रु. ३० अर्ब ५५ करोड ५६ लाख ९ हजार कायम भएको छ ।

गत वर्ष खुद आय रु. १ खर्ब ७ अर्ब ९४ करोड ६१ लाख २४ हजार रहेको थियो । समीक्षा वर्षमा अन्य विस्तृत आय/व्ययपश्चात्कोकुल विस्तृत आय रु. ३२ अर्ब ५५ करोड १५ लाख ३९ हजार रहेको छ । अघिल्लोवर्ष कुल विस्तृत आय रु. १ खर्ब ९ अर्ब ४५ करोड २१ लाख ४० हजार रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.