गभर्नरको भन्दा दुई डेपुटी गभर्नरको आम्दानी बढी, कसको तलब सुविधा कति ?

  २०७८ मंसिर १३ गते १६:५७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ३२ लाख ६२ हजार ४०३ रुपैयाँ तलब सुविधा बुझेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार उनले एक बर्षमा ३२ लाख ६२ हजार ४०३ रुपैयाँ तलब सुविधा बुझेका हुन् ।

उनले गभर्नरको रुपमा ३ लाख ९४ हजार ४०० रुपैयाँ तलब, वार्षिक बैठकको २ लाख २५ हजार र अन्य सुविधामार्फत १६ लाख ४३ हजार रुपैयाँ बुझेका छन् ।

यस्तै, डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनाले एक बर्षमा ३६ लाख ५८ हजार ७२४ रुपैयाँ तलब सुविधा बुझेकी छिन्। उनले गभर्नरको भन्दा बढी सुविधा लिएको देखिएको छ ।

अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले तलब सुविधा बापत कुल ३४ लाख ७९ हजार ८४१ रुपैयाँ बुझेका छन्। उनले पनि गभर्नरको भन्दा बढी अन्य भत्ता तथा सुविधा बुझेका छन्।

मिश्रले बार्षिक तलब ११ लाख ३७ हजार ६०० रुपैयाँ बुझेका छन्। सञ्चालक समिति बैठक भत्ता ८० हजार बुझेका छन् भने अन्य सुविधा बापत २२ लाख ६२ हजार २४१ रुपैयाँ बुझेका छन् ।

यस्तै, शिशिर कुमार ढुङ्गानाले राष्ट्र बैंकको सञ्चालककाे रुपमा ५ लाख ८ हजार रुपैयाँ बैठक भत्ता तथा अन्य सुविधा लिएका छन् ।

राष्ट्र बैंकको सञ्चालक तलबका रुपमा कुल ५३ लाख २८ हजार ९ सय १२ रुपैयाँ, बैठक भत्ताको रुपमा १५ लाख १० हजार र अन्य सुविधाका रुपमा १ करोड ७ लाख २६ हजार रुपैयाँ अन्य सुविधा का रुपमा खर्च भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.