दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

  २०७८ मंसिर १२ गते २०:४७     विकासन्युज

काठमाडौं । सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

गृहमन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पहिलाेपटक  दक्षिण अफ्रिकामा गत नाेभेम्बर २४ मा देखिएकाे थियाे । त्यसयता याे भेरियन्ट इजरायल, हङकङ, बाेटस्वाना लगायतका देशहरुमा देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.