आइएमई पे मार्फत भाटभटेनीमा भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक

  २०७८ मंसिर १० गते १३:४८     विकासन्युज

काठमाडौं । ‘आइएमई पे’ बाट भाटभटेनी सुपर मार्केटमा किनमेल गरी भुक्तानी गर्दा क्यासब्याक पाइने भएकाे छ ।

कम्पनीले नेपालभरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत (३०० रुपैयाँसम्मको) क्यासब्याकको अफर ल्याएकाे हाे । उक्त अफरमा आइएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउनेछन् ।

कम्पनीकाे अनुसार याे योजना एकपटक रहनेछ जसको अर्थ प्रति प्रयोग १ पटक क्यासब्याक हुनेछ । प्रयोगकर्ताले ३०० रुपैयाँसम्म मात्र २० प्रतिशत छुट पाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.