नबिल बैंक र दक्षिण कोरियाको स्टेयरमिटबीच रेमिट्यान्स सम्झौता

  २०७८ मंसिर ७ गते १६:५५     विकासन्युज

काठमाडाै‌ं । नबिल बैंक र दक्षिण कोरियाको स्टेयरमिटबीच रेमिट्यान्स सम्झौता भएकाे छ । एक कार्यक्रमबिच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टेयरमिटका अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरे ।

यस साझेदारी अन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रहेका आफ्नो परिवार, साथी–भाइ र प्रियजनलाई सुरक्षितरुपमा रकम पठाउन सक्नेछन् ।

त्यहाँबाट पैसा पठाउने बित्तिकै नेपालभरका १५ हजारभन्दा बढी नबिल रेमिट एजेन्ट मार्फत रकम प्राप्त गर्न सकिनेछ । ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यात वालेट सेवा प्रदायकहरुको माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैंक खातामा जम्मा गर्न सकिने बैंकले जनाएकाे छ ।

बैंकले आफ्ना रेमिट्यान्स/विप्रेषण ग्राहकहरुका लागि बचत निक्षेप (सेभिङ डिपोजिट) खाता, स्वदेशी/विदेशी प्रयोगको लागि स्मार्ट डिजिटल बैंकिङ सेवा र विशेष सरल कर्जा सुविधाहरु लगायतका थुप्रै सुविधा सहितका विस्तारित सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.