मेगा बैंकले मंसिर २८ गते बोलायो साधारणसभा, तोक्यो बुक क्लोजको मिति

  २०७८ मंसिर ७ गते ११:४४     विकासन्युज

काठमाडौं । मेगा बैंकले आगामी मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले सो दिन बिहान ११ः१५ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बोलाएको हो ।

उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी मंसिर १४ गते एक दिन बुक क्लोज गर्दै छ । यससँगै मंसिर १३ गतेसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउने छन् ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १२.०२ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र २.०७ प्रतिशत नगद) प्रस्तावलाई पारित गर्दै छ ।

त्यस्तै, सभाले मर्जर तथा एक्विजिसनसँग सम्बन्धित आवश्यक सम्पूण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.