नेपाल बङ्गलादेश बैंकका अध्यक्ष शाकिबले लिए शपथ

  २०७८ मंसिर ६ गते १६:४३     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकका अध्यक्ष ए.आर.एम नजमुस शकिबले शपथ ग्रहण गरेका छन् । उनले आज (मंसिर ६ गते) नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।

नेपाल बङ्गलादेश बैंकको नव निर्वाचित संचालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष ए.आर.एम नजमुस शकिबलाई नै बैंकको संचालक समितिको अध्यक्ष चयन गरेको हो ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.