१ महिनामा ४३ अर्ब निक्षेप बैंकिङ प्रणालीबाट बाहिरियो

  २०७८ मंसिर ६ गते १५:५५     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुमा एक महिनामा ४३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल बैंकर्स संघका अनुसार असोज महिनाको तुलनामा मंसिर पहिलो सातासम्म ४३ अर्ब रुपैयाँले घटेको हो ।

वाणिज्य बैंकहरुमा गत असोजमा कुल ४२ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा मंसिर पहिलो सातासम्म ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप देखिएको हो ।

यस्तै, कात्तिक महिनामा असोज महिनाको तुलनामा ३६ अर्ब रुपैयाँ घटेको छ । वाणिज्य बैंकमा ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप पुगेको थियो ।

यस्तै, वाणिज्य बैंकहरुको कर्जा लगानी भने ४३ अर्ब रुपैयाँ नै बढेको छ । असोजको मसान्तसमम कुल ३९ खर्ब ९८ रुपैयाँ कर्जा लगानी भएकोमा मंसिर पहिलो साता सम्म कुल ४० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुको कर्जा लगानी कात्तिकमा ४० खर्ब ३४ खर्ब रुपैयाँ पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.