बबक्याट बि ७६० ब्याक्हो लोडरकाे बुकिङ्ग खुला, उच्च हिमाली क्षेत्रमा पनि सजिलै काम गर्ने

  २०७८ मंसिर ६ गते ११:५४     विकासन्युज

काठमाडौं । इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिसले बबक्याट बि ७६० ब्याक्हो लोडरकाे बुकिङ्ग खुला गरेकाे छ । हेवी इक्युप्मेन्टको क्षेत्रमा ख्याती प्राप्त बाबक्याटकाे लागि इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस एकमात्र आधिरकारीक विक्रेता हाे ।

कम्पनीकाे अनुसार उक्त मेसिन एशियन बजारलाई मध्यनजर गर्दै इन्डियाको चेन्नई फ्याक्ट्रीबाट उत्पादन गरी नेपाल लगायत अफ्रिकन मुलुकहरुमा पनि बिक्री वितरणको लागि तयार पारिएको हाे ।

नेपालका तराई , पहाड र हिमाल तिनै भूभागमा पूर्व परीक्षण गरी सार्वजनिक गरिएको बबक्याट बि ७६० मा रहेको हिटिंग प्रविधी परीक्षणका लागि नेपालको माथिल्लो मुस्ताङ (४००० अल्टिट्युड उचाई)मा परीक्षण गर्दा मेसिन सहजै सुचारू भएको कम्पनीले जानकारी दिएकाे छ  ।

अमेरिकी प्रविधीबाट निर्मित यस मेसिनमा विश्व प्रसिद्ध पर्किन्स इन्जिनको प्रयोग गरिएको छ जसले ९४ हर्स पावरको शक्ति प्रदान गर्दछ । उच्च बकेट कर्ल एंगलका साथै उच्च ब्रेकिंग शक्ति समेत रहेकोले काम गर्न शैली छिटाे र सहजता प्रदान गर्न यो एक भरपर्दो उपकरण रहेको दाबी समेत कम्पनीले गरेको छ ।

यसमा रहेको विशेष कुलिंग सिस्टमका कारण उच्च तापक्रममा कार्य सम्पादन गर्न सहज हुनेछ साथै यसको १६ डिग्री असिलेसन एंगलले असमान भूभागमा पनि सहजै काम गर्न मद्दत पुग्नेछ र लामो आर्मका कारण अधिक गहिराई सम्म खन्न सहज हुने कम्पनीले जनाएको छ ।

७४ बर्षको सफल इतिहास बोकेको बबक्याटले झन्डै १०० भन्दा बढी मुलुकमा आफ्ना ९०० भन्दा बढी डिलर्स मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । हाल संचालनमा रहेका हेवी कम्प्याक्ट इक्युप्मेन्टहरु मध्ये संख्यात्मक रूपले हेर्दा विश्वभर बबक्याट नं १ मा रहेको कम्पनीले दाबी गरेको छ ।

हाल नेपालका काठमाडाैं, नारायणगढ, बुटवल, धनगढी, नेपालगंज, पोखरा, विरगंज र इटहरी लगायत विभिन्न मुख्य शहरहरुमा रहेका शाखा कार्यालयबाट बबक्याट बि ७६० को बुकिंङ्ग गर्न सकिने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.