शाओमीको टिभी र फोन किन्दा विशेष छुट, अब २९ हजारमै टिभी

  २०७८ मंसिर ५ गते १६:२७     विकासन्युज

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप फोन पोको एफ ३ जीटी र मी टिभिमा ५ हजार बराबरको छुट ल्याएको छ । आफ्नो उपभोक्ताहरुको मागलाई ध्यानमा राख्दै कम्पनीले पोको एफ ३ जीटी र मी टिभिमा छुटको व्यवस्था गरेको हो ।

टर्बाे एमोल डिसप्ले र फ्ल्याग्शिप मिडिया डेक्स चिपसेटयुक्त सो फोनमा १२० हर्जको रिफ्रेश रेट र ४८० हर्जको टच स्याम्प्लिङ् रेट रहेको छ । यो एउटा प्रिमियम स्मार्टफोन हो जसमा म्याग्लेव ट्रिगर भएकोले एक स्विचमै गेमिङ फोनमा पनि परिवर्तन गर्न सकिन्छ जसले यो मोडल गेम खेल्ने र नखेल्ने दुवै बर्गको लागि उत्कृष्ट छनोट हो ।

त्यसैगरि मी टिभिमा शानदार डिजाइन, बिल्ट–इन प्लेस्टोर क्रोमकास्ट, सिनेम्याटिक क्वालिटी साउन्ड र उत्कृष्ट रंग संयोजन् भएको कम्पनीले दाबी गरेको छ । एन्ड्रोइडमा चल्ने टिभिमा रेकमेन्डेसन् सिस्टम हुनुको साथै अहिले चलेका सबै स्ट्रिमिङ प्ल्याट्फर्महरु सपोर्ट गर्नेछ । ३२ इन्चको ठुलो स्क्रिन भए पनि यसले एकदम थोरै ठाउँँ ओगट्छ र यसको तौल् पनि जम्मा ४ किलोग्राम मात्र रहेको छ ।

पहिला ५६ हजार ९९९ मुल्य भएको पोको एफ ३ जीटीलाई कम्पनीले ५१ हजार ९९९ मा र ३४ हजार ९९९ रुपैयाँ मुल्य भएका मी टिभिलाई २९ हजार ९९९ रुपैयाँमा दिने निर्णय गरेको छ । पोको एफ ३ जीटीमा एक वर्षको बीमा पनि रहेको छ जुन आधिकारिक बिक्री केन्द्रहरुबाट खरिद गर्दा उपलब्ध हुनेछ । यो योजना सिमीत अवधिको लागि मात्र लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.