लगानी कोषबाट बिदा भए अध्यक्ष डा. भट्टराई र सञ्चालक साउद

  २०७८ मंसिर ५ गते १५:५१     विकासन्युज

काठमाडौ । नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराई र कोष सञ्चालक चन्द्रसिंह साउद कम्पनीबाट बिदा भएका छन् । अर्थमन्त्रालयको कार्त्तिक २८ गतेको पत्र अनुसार अध्यक्ष डा.भट्टराईको पदावधि सकिएको हो ।

मन्त्रिपरिषदले २०७५ असोज २१ गते भट्टराईलाई कोषको अध्यक्षमा मनोनयन गरेको थियो ।

बिदाई कार्यक्रममा डा.भट्टराईले बोर्ड र कार्यकारी निर्देशक बीचको लिंकेजलाई निरन्तरता दिनु पर्ने बताउदै आफुले ३७ महिनाको कार्यकालमा धेरै नै बिषयहरु सिक्न पाएको बताए ।

त्यसैगरी, संचालक साउदले आफ्नो कार्यकालमा गरेको सहयोगको लागि सबै संचालकहरुलाई धन्यबाद दिए ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष अध्यक्ष र संचालकले पुर्याएको सहयोगको सरहना गर्दै संस्थाको कार्यलाई विधिसम्वद तरिकाले अघि बढाउदै लाने प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.