सुरुङ्गा, बनेपा र म्याग्दीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

  २०७८ मंसिर ५ गते १३:२९     विकासन्युज

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम एकैपटक झापाको सुरुङ्गा, बनेपा र म्याग्दीमा शुक्रबार सम्पन्न भएको छ।

सुरुङ्गामा उक्त कार्यक्रम कन्काई क्याम्पसमा भएकाे थियाे । कार्यक्रममा ९० जना स्नातक तहका विद्यार्थीको उपस्थिति रहेको थियाे जसमा बीमा सम्बन्धी प्रशिक्षण प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्त राज धमलाले दिएका थिए ।

त्यसैगरी पिपुल्स बहुमुखी क्याम्पस बनेपामा रामेश्वर श्रेष्ठले  बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।सोही दिन कम्पनीले म्याग्दीकाे भिम माविमा विद्यार्थी, शिक्षक र समुदायका युवाहरुसहित ६० जनाको उपस्थितिमा अर्को कार्यक्रम पनि सम्पन्न गरेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.