साधना लघुवित्त पाँचौ वर्षमा प्रवेश, ४ अर्ब बढी कर्जा लगानी गर्न सफल

  २०७८ मंसिर ३ गते १८:४७     विकासन्युज

काठमाडाैं । २०७४ मंसीर ३ गतेदेखि स‌चालनमा आएको साधना लघुवित्त वित्तिय संस्था पाँचाैं वर्षमा प्रवेश गरेको छ । संस्थाले यस अवसरमा केन्द्रीय कार्यालय सहित ९३ वटा शाखा कार्यालयहरु मार्फत विभिन्न कार्यक्रम गरी चौथो वार्षिकोत्सव मनाएकाे छ ।

संस्थाको केन्द्रीय कार्यालयले आज (मंसिर ३ गते) का दिन संस्थाको संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा कार्यक्रम संचालन गरी गोरक्षनाथ वैदिक विधालय गोरखा, बालमन्दिर माध्यमिक विधालय गोरखा र मानवसेवा आश्रम गोरखालाई विभिन्न खाधान्न सहयोग सामग्रीहरु हस्तान्तरण गरेको छ ।

त्यसैगरी रौतहट जिल्लाको राजपुर न.पा.स्थित शाखा कार्यालय राजपुरले राजपुर बजार क्षेत्रमा फोहाेर व्यवस्थापन गर्नको लागि राजपुर न.पा.का मेयर शेख सकिललाई डस्टबीन हस्तान्तरण गरेकाे छ ।

संस्थाले हाल ३१ जिल्लामा ९३ शाखा कार्यालयहरु मार्फत ८४ हजार घरपरिवारलाई सेवा पुर्याउँदै आएको छ । संस्थाले लगानीमा रहेको कर्जा चार अर्ब २२ करोडभन्दा बढी र ग्राहक सदस्यहरुबाट एक अर्बभन्दा बढि बचत परिचालन गरेको जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.