अब नम्बर परिवर्तन नगरी सेवाप्रदायक फेर्न सकिने

  २०७८ मंसिर १ गते १७:३०     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सहजताका लागि सेवाप्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्न सकिने ‘मोबाइल नम्बर पोर्टेबिलिटी’ सम्बन्धी नियमावली तयार पारेको छ ।

प्राधिकरणले ‘मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८’ को मस्यौदा तयार गरी बुधबार आप्नो बेबसाइट मार्फत सार्वजनिक गरेको हो ।

सो नियमावली अनुसार अब एक सेवाप्रदायक कम्पनीको नम्बरबाट अर्काे सेवाप्रदायक कम्पनीको सेवा लिन सकिनेछ । तर, आफ्नो नम्बर अर्को सेवामा परिवर्तन गर्नुभन्दा अघि पुरानो सेवा प्रदायकको नेटवर्कमा ९० दिनभन्दा धेरै उक्त मोबाइल नम्बर सक्रिय भएको हुनुपर्नेछ ।
कुनै एक सेवाप्रदायक कम्पनीको नम्बर ३ महिनासम्म प्रयोग गरेमा आवश्यकता अनुसार अर्काे सेवाप्रदायक कम्पनी परिवर्तन गर्न सकिने भएको हो ।

प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको सिमकार्डमै आफूले चाहेको नेटवर्कमा स्विच गर्नसक्ने व्यवस्थाका साथ एमएनपी सम्बन्धी नियमावली ल्याइएको प्राधिकरणले जनाएको छ ।

यसको अर्थ अहिले नेपाल टेलिकम, एनसेल वा स्मार्टको सिमकार्ड प्रयोग गरिरहेका ग्राहकले आफूले प्रयोग गरिरहेकै नम्बरमा कम्पनी परिवर्तन गरी सेवा लिन सक्नेछन् ।

मस्यौदा अनुसार एमएनपीको बोलकबोलबाट लागि नम्बर पोर्टेबिलिटी क्लियरिङ (एनपीसी) का लागि अनुमति प्रदान गरिने छ । जसले एमएनपीका लागि आवश्यक पूर्वाधार स्थापना, सञ्चालन, व्यवस्थापन, समन्वय र मर्मतको सम्पूर्ण काम गर्नेछ ।

यदि तोकिएबमोजिम सेवा उपलब्ध गराउन नसकेको खण्डमा त्यस्ता कम्पनीको अनुमति खारेज गर्न सकिने व्यवस्थासमेत नियमावलीमा उल्लेख गरिएको छ ।

प्राधिकरणले जारी गरेको मस्यौदा:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.