पिस इनर्जीले २८.१ मेगावाटको माथिल्लो काबेली जलविद्युतको निर्माण गर्ने, करिब ५ अर्ब लगानी

  २०७८ मंसिर १ गते १३:२४     विकासन्युज

काठमाडाैं । पिस इनर्जी कम्पनीले २८.१ मेगावाटको माथिल्लो काबेली जलविद्युत आयोजनाको निर्माण गर्ने भएको छ । कम्पनीले प्रदेश नम्बर १ को ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका र सिदिङ्वा गाउँपालिका भएर बग्ने खोलामा २८.१ मेगावाटको माथिल्लो काबेली जलविद्युत आयोजनाको निर्माण गर्ने भएको हो ।

आयोजनाको अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र पाउने अन्तिम तयारी छ । विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्यययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विद्युत विकास विभागले ३५ दिने सूचना जारी गर्दै आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको भौतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्न सक्ने असरबारे सरोकारवालासँग राय/सुझाव मागेको छ । सो आयोजनाले पार्ने असरबारे सम्बन्धित सरोकारवालालाई अबको ३५ दिनभित्र आइपुग्ने गरी राय सुझाव पठाउन भनिएको छ ।

करिव ५ अर्बको लागत अनुमान गरिएको कम्पनीकाे भनाई छ । आगामी २०८२ साल साउन १ गते भित्रै आयोजना निर्माण गरी सक्ने गरी प्रारम्भिक चरणका कार्य थालनी गरेको कम्पनीका व्यवस्थापक कुमार पाेख्रेलले बताए ।

उनका अनुसार हाल आयोजनाको विद्युत खरिद बिक्री सम्झैता (पीपीए) हुन बाँकी नै छ । साथै, पीपीएको कार्य सकिएपछि आयोजनाको निर्माण अगाडि बढ्नेछ । हाल आयोजनाका लागि सडक विस्तारकाे काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.