मेगा बैंकले नगद पनि दिने, घटायो बोनसदर

  २०७८ मंसिर १ गते ११:२२     विकासन्युज

काठमाडौं । मेगा बैंकको प्रस्तावित लाभांश संशोधन भएको छ । मंसिर १ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले प्रस्तावित गत आर्थिक वर्षको लाभांश संशोधन गरेको हो ।

बैंकले सेयरधनीलाई कूल १२.०७ प्रतिशत बोनस सेयर मात्रै दिने प्रस्ताव गरेको थियो । संशोधन प्रस्ताव अनुसार बैंकले नगद लाभांश पनि वितरण गर्ने भएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद गरी कूल कूल १२.०७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसअघिको प्रस्तावित बोनसमा नगद लाभांश छुट्याउँदा बोनसदर घट्न पुगेको हो ।

बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.