बैंक अफ काठमाण्डूका ग्राहकलाई एपोलो पोलि क्लिनिकमा २० प्रतिशतसम्म छुट

  २०७८ कार्तिक २५ गते १२:३५     विकासन्युज

काठमाडा‌ैं । बैंक अफ काठमाण्डू र एपोलो पोलि क्लिनिकबीच बैंकका ग्राहकलाई छुट दिने गराउने सम्झौता भएको छ ।

बैंक र क्लिनिकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २० प्रतिशतसम्म छुट दिने गराउने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् बैंक अफ काठमाण्डू ग्राहकले एपोलो पोलि क्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २० प्रतिशत, डाईग्नोष्टिक सेवाहरुमा १५ प्रतिशत देखि २० प्रतिशतसम्म तथा फार्मेसी सेवामा १० प्रतिशत छुट पाउनेछन् । ग्राहकहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

एपोलो पोलि क्लिनिकले काठमाडौं उपत्यकाको मैतिदेवीबाट सेवाग्राहीहरुलाई सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.