राष्ट्रिय वाणिज्य बैंकमा ८३६ जनालाई रोजगारीको अवसर

  २०७८ कार्तिक १४ गते १०:३१     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकै पटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले आईतबार एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा देशभरका कार्यालयका लागि ८ सय ३६ जना कर्मचारीको माग गरेको हो ।

बैंकको सूचना अनुसार केन्द्रिय कार्यालयमा ९ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १४ जना उपप्रबन्धक (लेखा) गरी २१ जना कर्मचारी माग गरेको छ ।

कर्मचारी छनोट प्रक्रियामा भाग लिनका लागि कात्तिक १५ गतेदेखि मंसिर ५ गतेभित्र आवेदन दिनु पर्नेछ । यस्तै दोब्बर दस्तुर तिर्नेगरी मंसिर १२ गतेसम्म आवेदन प्रक्रियामा सहभागी हुन सकिने छ ।

आवेदनमा भाग लिनका लागि लोक सेवा आयोगले तोकेको योग्यता पुरा भएको हुनुपर्नेछ। सबै पदमा आयोगले परीक्षा सञ्चालन गर्नेछ ।
वाणिज्य बैंकमा जागिर खानको लागि आवेदन भने वाणिज्य बैंकको वेवसाइटमा गएर अनलाइन मार्फत फर्म भनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.