नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. घिमिरेले लिए शपथ

  २०७८ कार्तिक १२ गते १४:५०     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रविन्द्र घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष डा. घिमिरेले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आफ्नो पद तथा गोपनियताको शपथ लिएका हुन् ।

डा. घिमिरेलाई कार्त्तिक ८ गते बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई आगामी ४ वर्षको लागि नेपाल पुनर्बीमाको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

अध्यक्ष डा. घिमिरे पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेशनका प्राध्यापक हुन् । बीमामा विद्यावारिधी गरेका घिमिरे बीमा क्षेत्रकै विज्ञको रुपमा समेत चिनिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.