नेप्सेमा दुई लघुवित्तको सेयर मूल्य समायोजन

  २०७८ कार्तिक १२ गते ११:२३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई वटा लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । कार्त्तिक १२ गते एकैदिन आशा लघुवित्त र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।

जसमध्ये आशा लघुवित्तको २५ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १५१९.९२ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १८९९.९० रुपैयाँमा भएको थियो ।

त्यस्तै, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । पछिल्लो कारोबारमा प्रतिकित्ता १५९० रुपैयाँ रहेको संस्थाको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता १२७२ रुपैयाँ कायम भएको छ ।

यससँगै, अबको कारोबारमा यी दुबै कम्पनीको पहिलो कारोबार समायोजित मूल्यदेखि नै हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.