मध्य भोटेकोशीको आईपीओः ८ लाख १९ हजारले पाउँदा १५ लाख बढीको हात खाली

  २०७८ कार्तिक १२ गते १०:४७     विकासन्युज

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको केन्द्रिय कार्यालय नक्सालमा आज(कार्त्तिक १२ गते) बिहान ९ बजे बाँडफाँड भएको हो ।

यससँगै उक्त आईपीओ रितपूर्वक आवेदन दिनेमध्ये ८ लाख १९ हजार जना आवेदकले पाएका छन् । उनीहरुलाई १०/१० कित्ताको दरले कूल ८१ लाख ९० हजार कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज २० गते देखि २५ गतेसम्म जारी गरेको आईपीओमा कूल २३ लाख ९० हजार २१८ आवेदकले ३ अर्ब ४३ करोड ६० लाख रुपैयाँ बराबरको आवेदन दिएका थिए । जसमध्ये २२ लाख ९४ हजार ४९६ जनाले दिएको आवेदन रितपूर्वक रहेको छ भने बाँकी ९५ हजार ७२२ जनाले दिएको आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ । यससँगै रितपूर्वक आवेदन दिनेमध्ये ८ लाख १९ हजार आवेदकले कम्पनीको १० कित्ता सेयर पाएका हुन् भने कूल आवेदकमध्ये १५ लाख बढीको हात खाली भएको छ ।

कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरको ९० लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको र बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो । जसमा कम्पनीले माग गरेकाभन्दा बढी नै आवेदन परेको क्यापिटलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.