नेपाल बङ्गलादेश बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेम्डिसिभिर सहयोग

  २०७८ कार्तिक १० गते १६:४३     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ९० भायल रेम्डिसिभिर औषधी सहयोग स्वरूप प्रदान गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले अस्पतालका निर्देशक डा। अनुप बास्तोलालाई उक्त औषधी हस्तान्तरण गरेका थिए । बैंकले कोभिड १९ को संक्रमणको उच्च जोखिमको बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको कार्यको सह्राना गर्दै उक्त अस्पताललाई चयन गरेको जनाएको छ ।

बैंकले सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको छ । बैंकले आफ्नो बङ्गलादेश स्थित साझेदार बैंक आइसीएफसी बैंक लिमिटेडसँग मिलेर आर्थिक वर्ष २०७६/७७ मा ५००० भायल तथा २०७८/७८ मा पनि ५००० भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेको थियो । उक्त औषधी बङ्गलादेशका लागि नेपालका राजदूत महामहिम वंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा हस्तान्तरण गरिएको थियो ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएम मार्फत ‘सबैका लागि बैंक’ भन्ने मूल नारा सहित सम्पूर्ण बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.