महिन्द्राको विद्युतीय ट्रियो अटो बजारमा, वार्षिक २ लाख रुपैयाँको पेट्रोल बचाउने

  २०७८ कार्तिक ९ गते १७:२५     विकासन्युज

काठमाडौं । महिन्द्र समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक लिमिटेडले ट्रियो नामक लिथियम आयइओन संचालित इलेक्ट्रिक थ्रि ह्विव्लर अटो सार्वजनिक गरेको छ । कम्पनीले यसको मूल्य ८ लाख ४० हजार रुपैयाँ तोकेको छ ।

कम्पनीको अनुसार महिन्द्रा ट्रियो पुर्ण निर्माण युनिट संरचनाको माध्यमबाट नेपाल आउँदछ । यो गाडी महिन्द्राको भारतको बैंगलरस्थित फ्रयाक्ट्रीमै निर्माण भइरहेको छ । कम्पनीले दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही स्थानमा अटो वितरण गर्न बुकिङ्ग खुला गरेको छ ।

महिन्द्रको अधिकृत इभी वितरक अग्नि इनर्जिले नेपालमा ट्रियो वितरण गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले पेट्रोलको तुलनामा वार्षिक २ लाख रुपैयाँ बचत गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

ट्रियो ठुलो मात्र नभई विद्युतिय साधन उद्योगकै सबैभन्दा राम्रो २०७३ मिलिलिटर व्हिलबेसको साथ जस्तोसुकै कच्ची सडकमा पनि आरमदायी सवारीको लागि अगाडि अनइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङ्को प्रयोग गरिएको छ ।

यसमा राम्रो रोक्ने क्षमता भएको हाइड्रोलिक ब्रेक पनि रहेको छ । साथै यसले चार्जको अवस्था, गाडी चलाउने दायर गित ड्राइभ मोड र अन्य विभिन्न सूचनाहरु डिजिटल रुपमा प्रस्तुत गर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.