नेपाल इन्स्योरेन्समा बीके महर्जन प्रवेश, ६ महिनापछि सीईओ बन्दै

  २०७८ कार्तिक ७ गते १५:२१     विकासन्युज

काठमाडौं । ६ महिनापछि नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत बीरकृष्ण (बीके) महर्जन हुने भएका छन् । हाल कम्पनीले उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसहित वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

महर्जन यसअघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए । उक्त संस्थामा उनले तीन कार्यकाल विताएका थिए ।

बीमकको संस्थागत सुशासन अनुसार थप कार्यकालको लागि प्रुडेन्सियलमा सीईओ बन्न नमिल्ने भएपछि यहि असोजमा उनी बाहिरीएका थिए । उनी लो प्रोफाइलमा बसेर प्रोफेशनल रुपमा कम्पनी चलाउने सीईओको रुपमा परिचित छन् ।

संस्थागत सुशासनले कुनै पनि कम्पनीको सीईओले छोडेको ६ महिनासम्म अर्को कम्पनीको सीईओ बन्न रोक लगाएकोले उनी नेपाल इन्स्योरेन्स कम्पनीका कामु सीईओको भूमिकामा प्रवेश गरेको जानकारहरुले बताएका छन् ।

कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । साथै उनलाई कामु सीईओको जिम्मेवारी पनि तोकिएको नेपाल इन्स्योरेन्सका कम्पनी सचिव चन्द्रनाथ उप्रेतीले जनाएका छन् ।

वरिष्ठ डीसीईओ महर्जनले कात्तिक ७ गतेदेखि नै कार्यभार सम्हालेका छन् । उनलाई कम्पनीले आगामी ४ वर्षको लागि नियुक्त गरेको हो । ६ महिनापछि उनी सीईओमा नियुक्त हुने सम्बद्ध स्रोतले जानकारी दिए ।

कम्पनीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले अवकास पाएपछि सो कम्पनीको कामु सीईओको भूमिकामा डेपुटी सीईओ ईश्वर पोखरेल कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.