बेमौसमी वर्षाको असरः तीन प्रदेशमा ७ अर्ब बढीको धानबालीमा क्षति

  २०७८ कार्तिक ५ गते १५:४६     विकासन्युज

काठमाडौं । पछिल्लो केही दिन यता परेको बेमौषमी वर्षाका कारण ७ अर्ब बढीको धानबालीको क्षति भएको छ । कृृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनअनुसार तीन प्रदेशका विभिन्न जिल्लमा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानवालीमा क्षति पुगेको हो ।

मन्त्रालयले तीन प्रदेशका ९ जिल्लाको तथ्यांक प्रारम्भिक तथ्यांकअनुसार २ लाख ५८ हजार ९२ हेक्टर क्षेत्रफलमा असर गरेको छ ।

सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक अनुमानित विवरणअनुसार ती प्रदेशहरुमा ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।

उनका अनुसार बेमौसमी वर्षाका कारण २ लाख ५८ हजार ९२ मेट्रिकटन धानबाली नष्ट भएको छ । जसअनुसार वर्षाले एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाइएको धानलाई असर र ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ ।

मन्त्रालयले काटिएको धानलाई क्षति र बोटमै रहेको धानलाइ असरमा राखेको छ ।

विवरण अनुसार लुम्बिनी प्रदेशका ४ जिल्लामा सबैभन्दा धेरै क्षति पुगेको छ ।  जसअनुसार बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीका जिल्लामा ४२ हजार ४२७ हेक्टर क्षेत्रमा लगाइएको धानबाली वर्षा र बाढीले क्षति गरेको छ ।

उक्त चार जिल्लामा ४ अर्ब ५१ करोड रुपैयाँ भन्दा धेरै मूल्यको एक लाख ६१ हजार २२३ मेट्रिकटन धानमा वर्षाले क्षति पु¥याएको छ ।

यस्तै, सुदूरपश्चिमका कैलाली र कञ्चनपुर दुई जिल्लाका किसानले लगाएको धानमा वर्षातले धेरै असर पु¥याएको मन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ । प्रदेशभर ५५ हजार हेक्टर क्षेत्रफलको धानमा असर पुगे पनि क्षति भने १८ हजार हेक्टरमा मात्रै छ । एक अर्ब ९१ करोड ५ लाख २० हजार रुपैयाँ बराबरको ६८ हजार ४ सय रुपैयाँ मेट्रिक धानमा सुदूरपश्चिम प्रदेशमा असर देखिएको छ ।

यस्तै, प्रदेश १ को झापा, सुनसरी र मोरङमा वर्षातको असर धेरै छ । मन्त्रालयका अनुसार प्रदेशको ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा वर्षाको असर र क्षति देखिएको छ । प्रदेशमा ८० करोड रुपैयाँ बराबरको २८ हजार ४६९ मेट्रिकटन पाकेको धानमा क्षति पुगेको छ ।

वर्षाका कारण सातै प्रदेशमा असर पुगेको र सबै प्रदेशबाट तथ्यांक नआई सकेकाले प्रभावित क्षेत्र र क्षतिको विवरण अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.