प्रतितोला ३०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

  २०७८ कार्तिक ४ गते १२:११     विकासन्युज

काठमाडौं । बिहीबारको नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार भने बढेर ९१ हजार ७०० पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार हुनेछ । बुधबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर आज एक हजार २६० रुपैयाँ पुगेको छ । चाँदी बुधबार प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.