नविल बैंकमा मनोज ज्ञवालीको बढुवा, को बन्दैछ नयाँ सीईओ ?

  २०७८ कार्तिक १ गते १९:३८     विकासन्युज

काठमाडौं । नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ । यसअघि उनी नायव महाप्रबन्धक थिए । बैंकको सोमबार बसेको सञ्चालक समितिकाे बैठकले ज्ञवालीलाई बढुवा गरेको हो ।

ज्ञवालीले १३ महिनामा प्रमोशन खाएका हुन् । नबिल बैंकको इतिहासमा यति छोटाे अवधिमा उच्च तहमा प्रमोशन खाने ज्ञवाली पहिलो व्यक्ति भएको स्रोतले बतायो । उनी २०७६ भदौंमा नविल बैंकमा नायब महाप्रबन्धकको रुपमा भित्रिएका थिए ।  त्यसअघि उनले ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएका थिए ।

ज्ञवालीसँगै नविलमा ३ जना महाप्रबन्धक भएका छन् । यसअघि सुजित शाक्य र बिनय रेग्मी पनि महाप्रबन्धक पदमा कार्यरत छन् । नविलमा प्रमुख कार्यकारी अधिकृतपछिको पद महाप्रवन्धक हो ।

रेग्मी सोही बैंकका पुराना कर्मचारी हुन् भने ज्ञवाली र शाक्य एक वर्षअघि मात्र सो बैंकको उच्च व्यवस्थापनमा नियुक्त भएका हुन् । शाक्य यसअघि जनता बैंकमा डेपुटी सीइअाे थिए ।

आगामी असार मसान्तमा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल सकिदैछ । त्यसपछि तीन जना डेपुटी मध्येबाट एक जनालाई सीईओ बनाउने सम्भावना छ ।

नविल बैंकमा  पुराना कर्मचारीहरु व्यवस्थापन निकै चुनौतिपूर्ण बनेको छ । नरम स्वभावका अनिल केशरी शाहबाट पुराना कर्मचारी परिचालन कम प्रभावकारी भएपछि कडा स्वभावको प्रमुख कार्यकारी अधिकृत भित्र्याउने सोचमा बैंक सञ्चालक समिति रहेको बुझिएको छ ।

नविल बैंकमा नेपाल बंगलादेश बैंक मर्जको सम्भावना पनि छ । उक्त मर्ज भएमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नबिलको सीईओ बन्ने अनुमान पनि धेरैले गरेका छन् । नेपाल बंगलादेश बैंकबाट ढुंगानाले पुसबाट अवकाश पाउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.