डिशहोम फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा विस्तार

  २०७८ असोज २५ गते १४:४९     विकासन्युज

काठमाडाैैं । काठमाडाैं । डिशहोम फाइबरनेटले नेपालकाे थप ४ स्थानमा आफ्नाे सेवा विस्तार गरेकाे छ । कम्पनीका बिक्री प्रबन्धक मनोज शर्माकाे अनुसार डिशहाेमले भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैडाकोटमा पुगेको हाे ।

उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा ईन्टरनेट सेवा सुरु गरेको थियाे ।

नेपालका प्रमुख शहर काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान ,भैरहवा पनौती, पोखरा र विराटनगर लगायत अन्य स्थानमा डिशहाेमकाे फाइबरनेट पुगिसकेको छ ।

यस्तै डिशहोम फाईवरनेटले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना संचालन गरिरहेको छ । असोज ११ गते देखि लागु भएकाे यो योजना अन्तरगत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् ।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.