एनएमबिका ग्राहकले इभो स्टोर र ओलिजमा १५०० क्यासब्याक पाउने

  २०७८ असोज २४ गते २०:२४     विकासन्युज

काठमाडाैं । दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महाछुट अफर ल्याएकाे छ । यस अफर अन्तर्गत एनएमबिका ग्राहकले घटस्थापनादेखी इभो स्टोर र ओलिजबाट एप्पल तथा अन्य सामानको कम्तिमा ३० हजारसम्मको खरिदमा १५०० क्यासब्याक सुविधा पाउनेछन् ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ ल्याउँदै आइरहेको छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएकाे छ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.