नबिल बैंकले ल्यायो दशैंमा गाँउ फर्किनेको कथा समेटिएको नयाँ भिडियो (भिडियोसहित)

  २०७८ असोज २४ गते २०:२३     विकासन्युज

काठमाडौं । नबिल बैंकले गत वर्ष जस्तै यो वर्ष पनि ‘नयाँ लुगा’ नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । भिडियो नेपालीहरुको ठूलो चाड दशैं मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाँउ फर्कने कथामा आधारित छ, यो कथा आम नेपालीको आत्मकथा पनि हो ।

भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन्, घरबाट छोरीको फोन आउँदछ, दशैंमा नयाँ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतिको खुशीका निम्ति दशैं किनमेल गरेर गाँउ फर्किन्छन् । फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनी खुशीको लागि उनी रात भरी हिंडेर गाउँ पुग्दछन् ।

घर पुग्दा छोरी, आमा अनि छोरीको साथी समेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन् र अब जागिर खान शहर जाने होइन, गाँउमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ ।

यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आफ्नो परिवारसंग भेटी सुरक्षित साथ खुशी साटासाट गरौं भन्ने सन्देश सरल ढंगले दिएको छ ।

यस्तो छ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.