माछापुच्छ्रे बैंकको साधारणसभा कात्तिक २६ गते, एजीएम घाेषणा गर्ने पहिलो बैंक

  २०७८ असोज २१ गते १०:३८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी कार्तिक २६ गते बैंकको २३औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । बुधबार नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरेसँगै वैंकको सञ्चालक समितिले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

बैंकले शेयरधनीलाई सञ्चित मुनाफाबाट १ अर्ब २० करोड रुपैयाँ बोनस शेयर र  ६ करोड ३३ लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १ अर्ब २६ करोड रुपैयाँ लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

बैंकले शेयरधनीहरुलाई चूक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ । वार्षिक साधारण सभा प्रयोजनको लागि कार्तिक ७ गते शेयर दाखिल खारेज बन्द (बुक क्लोज) हुने बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड रुपैया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैया संचित छ ।

माछापुच्छे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ बटा शाखाहरु र १७५ शाखारहित बैकिङ्ग सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाख भन्दा बढी ग्राहक रहेका छन् । साथै, बैंकको देशभर २०३ बटा एटीएमहरु संचालनमा रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.