कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा

  २०७८ असोज २० गते १२:१४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । याेसँगैं अब बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसी सहज रुपमा बैंकको अनलाईन मार्फतनै डिम्याट खाता तथा मेरो शेयर खोल्न सक्नेछन् ।

अनलाईन मार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ ।

साथै बैंकमा खाता नभएका ग्राहकहरुले अनलाईनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ ‘शुभलाभ लगानी बचत खाता’ खोली यो सुविधा उपभोग गर्न सक्नेछन् जस अन्तर्गत ग्राहकहरुले प्रथम वर्ष नि: शुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकले सोसल मिडिया बैंकिङ्ग, केएस आइमोबाइल, जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.