स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो १३ प्रतिशत लाभांश

  २०७८ असोज १९ गते १७:०४     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असोज १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद (करसहित) गरी कूल १३.०६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगाामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड रुपैयाँ नाघ्ने छ ।

प्रस्तावित १३.०६ लाभांश अघिल्लो आवको तुलनामा बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.