३० प्रतिशत हकप्रद प्रस्ताव गरेको छ्याङ्दीले थप ४० प्रतिशत जारी गर्ने

  २०७८ असोज १९ गते ११:४२     विकासन्युज

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले थप ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । हाल ३० प्रतिशत हकप्रद सेयर निष्काशनको तयारी गरिरहेको कम्पनीले थप ४० प्रतिशत पनि जारी गर्ने घोषणा गरेको हो ।

असोज १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद जारी पश्चात कायम हुने चुक्ता पुँजीमा थप ४० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

संस्थाले ३० प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पेश गरिसकेको छ । यसपछि संस्थाको चुक्ता पुँजी ३८ करोड ७७ लाख रुपैयाँ पुग्ने छ । त्यसपछि ४० प्रतिशत हकप्रद पश्चात संस्थाको चुक्ता पुँजी ५४ करोड १७ लाख रुपैयाँ पुग्ने छ ।

कम्पनीले हाल निर्माण गरिरहेको ४ मेगावाटको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गर्न ऋणको आवश्यक परेकोले थप ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि बढाएको हो । साथै, सोको लागि आवश्यक दीर्घकालिन ऋण यो योजनामा लगानी गरिरहेका बैंक अफ काठमाण्डू र कुमारी बैंक समक्ष माग गर्ने कम्पनीले जनाएको छ ।

उक्त प्रस्तावलाई विद्युत नियमन आयोगले स्वीकृत गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.