फेसबुक, इन्स्टाग्राम र ह्वाटस् एप संसारभर डाउन

  २०७८ असोज १८ गते २२:४२     विकासन्युज

काठमाडौं । सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम र ह्वाटस् एप संसारभर नै डाउन भएका छन् । नेपाली समय अनुसार आज राति साढे ९ बजेदेखि यी सामाजिक संजाल डाउन भएका हुन् ।

आज बिहानैदेखि फेसबुक र यसका अन्य एपको सुरक्षा ह्विस्टलब्लोरबारे चर्चा भइरहेको थियो भने अहिले फेसबुक र उसका भगिनी संस्थाहरु इन्स्टाग्राम र ह्वाटस एप डाउन भएका अन्तराष्ट्रिय संचारमाध्यहरुले जनाएका छन् ।

सर्भिस डाउन हुने वित्तिकै फेसबुकले प्राविधिक कारणले समस्या भएको र चाँडै समाधान हुने जनाएको छ ।

संसारभर ठूलो संख्यामा प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुक र यसका अन्य दुई भगिनी सामाजिक सञ्जालहरु यो समाचार तयार पार्दासम्म नेपालमा पनि चलेका छैनन् ।

विभिन्न फोरमहरुमा हजारौँ हजार प्रयोगकर्ताहरुले पनि यी सामाजिक सञ्जालका एप्स नचलेको बताएका छन् ।

प्रयोगकर्ताहरुले पेजमा ‘इरर’ देखेको प्रतिक्रिया दिइरहेका अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

फेसबुक यो तहमा डाउन भएको सम्भवतः यो नै पहिलोपटक हो । यसअघि २०१९ मा भएको यस्तै प्राविधिक त्रुटीका कारण फेसबुक केही समय चलेको थिएन । सन् २०१९ मा भर्जमा प्रकाशित डकुमेन्ट अनुसार फेसबुकका प्रमुख कार्यकारी मार्क जुगरबर्गले त्यसबेला भएको प्राविधिक त्रुटीलाई ‘बिग डिल’ भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.