लोअर इर्खुवा हाइड्रोपावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

  २०७८ असोज १८ गते १७:५४     विकासन्युज

काठमाडाैं । लोअर इर्खुवा हाइड्रोपावरले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा  मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेकाे छ ।

कम्पनीले जारी पूँजी मध्ये १० प्रतिशत अर्थात ७ लाख कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरुलाई र २० प्रतिशत अर्थात १४ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्न लागेकाे छ ।

उक्त सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध संचालक विश्वेश्वर सुवेदी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

हाल उक्त कम्पनीको अधिकृत पूँजी ९० करोड, जारी पूँजी ७० करोड र चुक्ता पूँजी ४९ करोड रहेको छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुमा शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी ७० करोड हुनेछ ।

लोअर इर्खुवा हाइड्रोपावरले भोजपुर जिल्लाको षडानन्द न.पा र साल्पा सिलिचों गाउँपालिकामा १३ मेगावाट क्षमता भएको लोअर ईर्खुवा जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी व्यापारिक विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.