टेलिकमकाे दशैं अफर: डाटा, भ्वाइस प्याक र रिचार्जमा बाेनस नै बाेनस

  २०७८ असोज १८ गते १६:३४     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले चाडपर्वका अवसरमा विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस पाइने अफर ल्याएकाे छ ।

उक्त अफरहरु असोज १९ गते देखि कार्तिक २ गतेसम्म लागु हुने टेलिकमले जनाएकाे छ । केही समय बन्द भएर याे अफर फेरी तिहार, न्हुँदया र छठका अवसरमा कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् ।

डाटा प्याक अन्तर्गत २९४ मा २० जीबी डाटा १० दिनभित्र र ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर रहेकाे छ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ मा उपलब्ध हुने टेलिकमले जनाएकाे छ ।

यस्तै भ्वाइस सेवा अन्तर्गत  २५ मा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक ४० मा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५०० रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक अफरमा उपलब्ध हुनेछ । टेलिकमकाे अनुसार यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिनेछ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक पाइनेछ । यसअनुसार २०० देखि ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.