टिभिएस एनटर्किएनको सेलिब्रेसन राइड सम्पन्न

  २०७८ असोज १८ गते १३:२२     विकासन्युज

काठमाडौ । टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्किएनको सेलिब्रेसन राइड सम्पन्न भएको छ । ५० हजार एनटर्किएन बिक्रि भएको उपलक्ष्यमा कम्पनीले आयोजना गरेको राइड शनिबार सम्पन्न भएको हो ।

नक्सालको टिभियस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटल सम्म भएको थियो । राइडको बीचमा महालक्ष्मीस्थान,कौशलटार र भक्तपुरका टिभियसका शोरुमहरुका विव्रmेता द्वारा स्वागतको पनि आयोजना गरिएको थियो ।

भेन्युमा पुगे लगत्तै कलाकार रोजिलिन श्रेष्ठ सँगको लाइभ म्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरुसँग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको थियो । साेहीबीच एनटर्किएन क्लबको पनि गठन भएकाे छ ।

लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिएका थिए ।

सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो । हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबै भन्दा बढी बिक्री हुने स्कुटर बन्न पुगेको छ । टिभिएसका पाँच प्रकारहरु रहेका छन् जसमा एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटिएफआई पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.