लाभांश पारित गर्न साधना लघुवित्तले डाक्यो एजीएम, कार्त्तिक ३ गतेदेखि बुक क्लोज

  २०७८ असोज १८ गते १२:१२     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आगामी कार्त्तिक १३ गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । संस्थाले आफ्नो पाँचौ वार्षिक साधारण सभा सो दिन बिहान ११ बजे गोरखाको होटल गोरखा बिसौनीमा गर्ने निर्णय गरेको हो ।

सभामा जाने प्रयोजनको लागि कार्त्तिक ३ गतेदेखि कार्त्तिक १३ गतेसम्म बुक क्लोजको मिति तय गरेको छ । यससँगै कार्त्तिक २ गतेसम्म कायम सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् ।

सभाले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ ।  संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी २५ करोड ६९ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पारित पश्चात संस्थाको चुक्ता पुँजी ३२ करोड ११ लाख रुपैयाँ पुग्ने छ ।

सम्बन्धित समाचार

साधना लघुवित्तले घोषणा गर्यो २६ प्रतिशत लाभांश, चुक्ता पुँजी ३२ करोड नाघ्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.