नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने, पुँजी १८ अर्ब नाघ्ने

  २०७८ असोज १८ गते ११:०९     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ११.२४ प्रतिशत बोनस र ४.७६ को नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव असोज १७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

प्रस्तावित १६ प्रतिशत लाभांश अघिल्लो वर्षको तुलनामा कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल बैंकको चुक्ता पुँजी १६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ११.२४ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.