साल्ट ट्रेडिङ्गले २५ प्रतिशत लाभांश दिने, डाक्यो वार्षिक साधारणसभा

  २०७८ असोज १७ गते १३:२५     विकासन्युज

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । संस्थाले उक्त आवको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

सो प्रस्तावलाई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ । संस्थाको आगामी वार्षिक साधारणसभा कार्त्तिक १६ गते मंगलबार बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्दै छ ।

सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक २ गतेदेख कार्त्तिक १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै कार्त्तिक १५ गतेसम्म कायम सेयरधनी साधारणसभामा सहभागि हुनका साथै प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

प्रस्तावित लाभांश अघिल्लाे ३ वर्ष यताकै न्यून हाे । संस्थाले आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म वर्षेनि लगातार ३५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.