तेस्रो वर्षमा फोनपे: ५ लाख बढि मर्चेन्ट, दैनिक ३० करोड बढिको कारोबार

  २०७८ असोज १५ गते १८:२०     विकासन्युज

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । डिजिटल नेपालको परिकल्पना गर्दै दुईवर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढि मर्चेन्ट पुगेका छन् ।

बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपे मार्फत कारोबार गर्दै आएका छन् । दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् ।

फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।

कम्पनीले सेवा सुरू गर्ने वित्तिकै कोभिड-१९ महामारिका कारण लामो समय लकडाउनमा बस्नुपरे पनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको संख्या बढाउन सफल भएको छ ।

कम्पनीकाे अनुसार हाल फोनपेको क्यूआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोडभन्दा माथिको कारोबार हुँदै आएको छ । यस्तै अन्तरबैंक रकम ट्रान्सफर, फोनपे डाइरेक्ट गरी दैनिक एक अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको कम्पनीले जनाएकाे छ ।

फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.