अब मासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक किन्न सकिने

  २०७८ असोज १५ गते १८:११     विकासन्युज

काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैंतिहारलक्षित ग्राहक योजना सार्वजनिक गरेको छ ।

ड्राइभ इन फेस्टिभ ह्विथ स्कोडा कुशाक नाम दिइएको यो योजना अन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्नेछन् ।

अब ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरी मात्र ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्नु पाउनेछन् । नेपाल बजारले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लुले यो दशैं योजना ल्याएको जनाएकाे छ ।

कम्पनीकाे अनुसार सात वर्ष ऋण अवधि हुने यस योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन । र्यापिड र क्यारोकमा पनि एमएडब्लुले विशेष योजना ल्याएको छ ।

साथसाथै ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बिमा, निःशुल्क एसेसोरिज, १ वर्षको निशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउनेछद् ।

नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छ । विश्वमै लोकप्रिय टिएसआई प्रविधि भएको १.० लिटरको इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ जुन सेग्मेन्टमै सबैभन्दा उत्कृष्ट हो ।

दुई महिनाअघि सार्वजनिक गरिएको स्कोडा कुशाक बिल्ड क्यालिटी, सिम्प्ली क्लेभर फिचर, बेजोड सुरक्षा र ड्राइभिंग फनकाे कारण लोकप्रिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.