२३ वर्षमा लालीगुराँस बहुउद्देश्यीय सहकारी, ४०० बढीलाई राेजगारी

  २०७८ असोज १५ गते १६:११     विकासन्युज

ललितपुर । पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २२ औ वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ ।

२३ वार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले “देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजना अघि बढाउदै लैजाने बताए । उनले पछिल्लो समय संस्थाविरुद्ध भएका केही अनर्गल प्रचारले संस्थालाई कुनै असर नपरेको पनि बताए ।

ललितपुर महानगरपालिका र संस्थाबीच भएको विवाद अदालतबाटै फैसला हुने जानकारी गराउँदै उनले कानुनकोविरुद्धमा कोही पनि अघि बढ्न नसक्ने बताए ।

दुई दशक लामो इतिहास बोकेको संस्थाले काठमााडौंकोे चाबहिल र न्युरोड, ललितपुरको चापागाउँ, भक्तपुरको कौशलटार र सूर्यविनायक र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको छ । गतवर्षदेखि संस्थाले पुल्चोकस्थित मुख्य कार्यालयमा एटिएम सेवा सञ्चालन गरिसकेको छ ।

संस्था अन्तर्गतका विभिन्न क्षेत्रमा करिब ४ सयभन्दा बढी प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराएको संस्था नेपाल वागमती प्रदेशको उत्कृष्ठ संस्थाको रुपमा परिचय बनाउन सफल भैसकेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

डिभिजन सहकारी कार्यालय ललितपुरमा वि.सं २०५६ साल भदौ १८ गते दर्ता भई वि.सं २०५६ साल असोज १५ गते अर्थात आज कै दिनबाट कारोबार सुरु गरेको हो ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्यक्षेत्र तर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि., शिक्षाक्षेत्र तर्फ काठमाडौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि./कलेज प्रा.लि., डेरी परियोजना तर्फ चितवनको खैरहनीमा लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुरको गोदावरीमा लालीगुँरास दुग्ध प्रसोधन उद्योग, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोकको लार्चामा भैरबकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.