कुमारी क्यापिटलमा डिम्याट खाता र लगानी परामर्श नि:शुल्क

  २०७८ असोज १४ गते १७:२६     विकासन्युज

काठमाडौं । कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ । क्यापिटलले पूँजी बजारभन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राहीखाताको पहुँच बृद्धिलाई मध्यनजर गर्दै योजना सार्वजनिक गरेको हो ।

यस योजना अनुसार क्यापिटलले नेपाल सरकारको “एक नेपाली एक डिम्याट खाता” अभियान अन्तर्गत निशुल्क हितग्राहीखाता खोल्न व्यवस्था गरेको छ । निशुल्क डिम्याट खाता खाेल्नकाे लागि ग्राहकले क्यापिटलकाे वेबसाइटमा जानुपर्नेछ ।

यसका साथै क्यापिटलले नि:शुल्क लगानी परामर्श, खाता खोल्ने ग्राहकवर्गलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवाकाे वार्षिक शुल्कमा २५ प्रतिशत छुट, भएको पोर्टफोलियोलाई निशुल्क रिस्ट्रम्चरिङ्ग र रिब्यालेन्सिङ्गसेवा र भएको भौतिक शेयरहर लाई तुरुन्त डिम्याट खातामा ल्याउने व्यवस्था ल्याएकाे छ ।

क्यापिटलले यस योजनाले डिम्याट खाता सम्बन्धि समस्याहरुबाट गुज्रिरहनु भएका खातावालाहरुलाई समेत फाइदा हुने अपेक्षा राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.